• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

तारजाली भित्र कडा सुरक्षा बीच भरतपुरको मतगणना सुरु

  • खबरदाता

तारजाली भित्र कडा सुरक्षा बीच भरतपुरको मतगणना सुरु

बैशाख ३१,२०७९

चितवन – लामो समयको प्रतीक्षापछि भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।

भरतपुरमा महानगरपालिका-१० को चितवन उधोग संघको प्रर्दशनी केन्द्रको ुसीु ब्लकमा मतगणना सुरु गरिएको हो ।भरतपुर १ नम्बर वडाबाट मतगणना सुरु गरिएको हो ।भरतपुर महानगरपालिकामा २९ वडा छन् ।

अहिले एउटा गणक टोलीबाट सुरु गरिएपनी आवश्यकताअनुसार मतगणना अन्य आठ स्थानबाट गर्ने तयारी गरिएको छ।

एक घण्टामा पाँच सय मत गणना गर्नेगरी जनशक्तिको व्यवस्थापन गरिएको निर्वाचन कार्यालय चितवनले जनाएको छ । मतगणनास्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिनिधिहरू थोरै राख्ने र उनीहरूलाई कुर्सीमा नराख्ने सर्वदलीय छलफलमा सहमति भएको छ ।
भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।

भरतपुरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका छन।

  • प्रकाशित मिति : वैशाख ३१, २०७९, शनिवार १२:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८