बैशाख ३१,२०७९
चितवन – भरतपुर महानगरपालिकाको मतगणना अहिले बिहान ९ बजे देखि सुरुहुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ।
मतपेटिका शुक्रवार राती गणना स्थलमा ल्याइएपछि बसेको सर्वदलीय बैठकले सनिवार बिहान ९ बजेदेखि गणना सुरु गर्ने निर्णय गरेको थियो।
मतगणना भरतपुरस्थित चितवन उद्योग संघको परिसरमा रहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुनेछ।
भरतपुरको मतगणना गरिने उद्योग संघको प्रर्दशनी केन्द्रको ‘सी’ ब्लकलाई तारबारसहित ब्यबस्थित गरिएकोछ । सो स्थानमा मतगणनामा समस्या नआवस भनेर निगरानी गर्न ८ वटा सिसीटीभी समेत जडान गरिएको छ । सो क्षेत्रमा अहिले कडा सुरक्षाको व्यवस्था मिलाइएको छ ।
केन्द्रकै चासो रहेको भरतपुरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका छन् । भरतपुरमा महिला मतदाताको संख्या ९६ हजार ८६७ रहेको छ भने ८८ हजार ८८४ पुरुष रहेका छन् । यस्तै एकजना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको रहेका छन् ।
शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् । महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८