• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चुनाव लगत्तै ओलीको आक्रमण : गठबन्धनले हिंसा भड्कायो

  • खबरदाता

चुनाव लगत्तै ओलीको आक्रमण : गठबन्धनले हिंसा भड्कायो

 

बैशाख ३०,२०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले हिंसा भड्काएको आरोप लगाएका छन।

निर्वाचन समयावधिपछि प्रेस वक्तव्य जारी गर्दै ओलीले निर्वाचनमा गठबन्धनले हिंसा भड्काउने काम गरेको आरोप लगाएका हुन् ।

ओलीले गठबन्धनले एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको भन्दै आपत्ति जाएका छन् । उनले गठबन्धनको निर्वाचन नै नगराउने षडयन्त्रलाई चिर्दै आज वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गरेका छन् । प्रतिकूलतालाई पन्छाउँदै लाखौं नयाँ मतदाता र १ सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसम्मले आधारभूत तहको लोकतन्त्रलाई सुदृढ गर्न उत्साहका साथ मतदान गरेको ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ओलीले स्वच्छ निर्वाचन विपरितका घटना भएका मतदान केन्द्रको अधिकृत कब्जा गरिएका र त्रास सिर्जना गरी मतदाताहरूलाई आतंकित पारिइएको स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरी गरिएको उल्लेख गरेका छन् । यस सम्बन्धमा गम्भीरतापूर्वक लिन निर्वाचन आयोगको उनले ध्यानाकर्षण गरेका छन् । उनले मतदानमा भाग लिएका आम मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

ुहामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौँ । भयरहित वातावरणमा स्वच्छ निर्वाचनको लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भयो । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गयोु ओलीले विज्ञप्तिमा भनेका छन् ।

  • प्रकाशित मिति : वैशाख ३०, २०७९, शुक्रवार २१:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८