• वैशाख २१, २०८१, शुक्रवार Friday, 03 May, 2024

भरतपुरका सबै मतपेटिका गणनास्थल ल्याइयो ,आजै रातीदेखि गणना सुरु हुने

  • खबरदाता

भरतपुरका सबै मतपेटिका गणनास्थल ल्याइयो ,आजै रातीदेखि गणना सुरु हुने

बैशाख ३०,२०७९

चितवन – स्थानिय तह निर्वाचन २०७९ को मतदान सकिएपछि  जिल्लाका सबै स्थानिय तहका मतपेटिका आउने क्रम जारी छ।

आज बिहान ७ बजेबाट सुरु भएको मतदान पक्रिया साझ पाँच बजे सकिएसँगै मतपेटीकाहरु गणनास्थलमा पुर्याउने काम भइराखेको छ ।

भरतपुर महानगरपालिका भित्रका सबै वडामा शान्तिपूर्ण मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका प्राुख भिमसेन कार्कीका अनुसार चितवनमा पछिल्लो विवरणलाई हेर्दा ६५ देखि ७० प्रतिशतसम्म मत खसेको हुन सक्ने उनले बताए ।

मतपेटिका सम्बिन्धीत ठाउँमा आइसकेपछि दलका प्रतिनिधीसँग छलफल गरि आजै रातीबाट मतगणना सुरु गरिने उनले बताए । रातीको १० बजेसम्ममा सबै पालिका भित्री सम्बन्धित स्थानसम्म  मतपेटिका आइपुग्ने अनुमान गरिएको उनको भनाइ थियो ।

भरतपुरको मतगणना गरिने उद्योग संघको प्रर्दशनी केन्द्रको ‘सी’ ब्लकलाई तारबारसहित तयारी अवस्थामा राखिएको छ । सो स्थानमा मतगणनामा समस्या नआवस भनेर निगरानी गर्न ८ वटा सिसीटीभी समेत जडान गरिएको छ । सो क्षेत्रमा अहिले कडा सुरक्षाको व्यवस्था मिलाइएको छ ।

स्थानिय निर्वाचनको मतदानको दिन आज भरतपुरमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । केन्द्रकै चासो रहेको भरतपुरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका छन् । भरतपुरमा महिला मतदाताको संख्या ९६ हजार ८६७ रहेको छ भने ८८ हजार ८८४ पुरुष रहेका छन् । यस्तै एकजना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको रहेका छन् ।

  • प्रकाशित मिति : वैशाख ३०, २०७९, शुक्रवार २०:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८