• वैशाख २१, २०८१, शुक्रवार Friday, 03 May, 2024

भरतपुरमा काँग्रेसका ढकालले पत्रकारलाई गरेको दुव्र्यवहार प्रति महासंघको आपत्ति

  • खबरदाता

भरतपुरमा काँग्रेसका ढकालले पत्रकारलाई गरेको दुव्र्यवहार प्रति महासंघको आपत्ति

 

बैशाख ३०,२०७९

चितवन – स्थानीय तह निर्वाचनसम्बन्धी समाचार संकलनका क्रममा दलका प्रतिनिधिले पत्रकारलाइ गरेको व्यबहार प्रति नेपाल पत्रकार महासंघ चितवन शाखाले आपत्ति जनाएको छ ।

भरतपुर ७ को कृष्णपुर मतदान केन्द्रमा मेयरका प्रत्यासीको तस्बिर र प्रतिक्रिया लिने क्रममा राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएका कांग्रेसका वडा सभापति विनोद ढकालको नेतृत्वमा रहेको समूहले समाचार संकलनमा गएका पत्रकारहरूलाई सञ्चारसामग्री फुटाइदिन्छौँ भनेर धम्कीपूर्ण दुर्व्यवहार गरेका थिए।

पत्रकारलाई समाचार संकलनमा अवरोध गर्नुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै त्यसप्रति पत्रकार महासंघ चितवन शाखाले आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको हो।

शाखा सचिव दीपेन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्लाको अन्य केही मतदान केन्द्रमा समेत सरकारी निकायेकारका लागि मतदान केन्द्र प्रवेशमा रोक लगाउँदा जनताको सुसूचित हुने हक कुण्डिभएको हामीले महसुस गरेका छौँ।

राजनैतिक दल र सरकारी निकायबाट पत्रकारहरूलाई निर्वाधरूपमा समाचार संकलन गर्ने वातावरण बनाउनसमेत जोडदार माग गर्दछौँ।’

 

 

ढकाललाइ कारबाही गर्न प्रेसचौतारीको माग

यसै घटनालाई लिएर पत्रकारलाइ अभद्र व्यबहार गर्दै संचार सामाग्री फुटाउँछु भन्ने बिनोद ढकाललाइ कारबाही गर्न प्रेस चौतारी चितवनले माग गरेको छ।

जिल्ला अध्यक्ष सुवास पण्डितद्वारा जारी गरिएको विपप्तिमा आमनागरिकले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारलाई वञ्चिच गर्दै पत्रकारलाई समाचार संकलनमा समेत रोक लगाएर प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको जनाएको हो।

  • प्रकाशित मिति : वैशाख ३०, २०७९, शुक्रवार १८:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८