• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024

पाँचखालमा मतदानस्थल नै तोडफोड

  • खबरदाता

पाँचखालमा मतदानस्थल नै तोडफोड

 

बैशाख ३०, २०७९

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो ।

 

आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ । मतदानस्थल नै तहसनहस बनाइएको छ ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको दाबीसहित सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा झडप भएको बताए

  • प्रकाशित मिति : वैशाख ३०, २०७९, शुक्रवार १५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८