• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024

सर्लाहीमा मतदान अधिकृत पक्राउ

  • खबरदाता

सर्लाहीमा मतदान अधिकृत पक्राउ

बैशाख ३०,२०७९

सर्लाहीको बलरा नगरपालिकामा एक जना मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मत दुरूपयोग गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको सर्लाहीका एसपी प्रवीण पोखरेलले सेतोपाटीलाई जानकारी दिए।

साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिईएको हो। हाल त्यहाँ मतदान स्थगित गरिएको छ। मतदान सुचारू गराउने प्रयास भईरहेको एसपी पोखरेलले जानकारी दिए।

  • प्रकाशित मिति : वैशाख ३०, २०७९, शुक्रवार १३:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८