• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको मेयरमा काङ्ग्रेसबाट बागी उठेका पौडेलले गरे मतदान

  • खबरदाता

भरतपुरको मेयरमा काङ्ग्रेसबाट बागी उठेका पौडेलले गरे मतदान

बैशाख ३०,२०७९

चितवन – स्थानिय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको मेयरमा काङ्ग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले मतदान गरेका छन।

उनले भरतपुर ७ को कृष्णपुर स्थिति मतदान केन्द्रबाट मतदान गरेका हुन।

भरतपुरमा गठबन्धनले मेयरमा रेनु दाहाललाइ उठाएपछि असन्तुष्ट बनेका काङ्ग्रेसीहरुले पौडेललाइ स्वतन्त्र उमेदवार उठाएका थिए।

पौडेलको उम्मेद्बारीलाइ देशभर चासोको रुपमा लिइएको छ।उनको चुनाब चिन्ह भुइकटहर रहेको छ।

पार्टीको बिधान बिपरित गतिविधि गरेको भन्दै काङ्ग्रेसले पौडेल लगायत ८ जना नेताहरुलाइ कारबाहि गरिसकेको छ।

  • प्रकाशित मिति : वैशाख ३०, २०७९, शुक्रवार ११:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८