• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुनसरीका सात पालिकामा शुक्रबार बिहानसम्म निषेध आदेश

  • खबरदाता

सुनसरीका सात पालिकामा शुक्रबार बिहानसम्म निषेध आदेश

बैशाख २९, २०७९

विराटनगर – जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँचवटा पालिकामा बिहीबार साँझ ८ बजेदेखि मतदान हुने दिन शुक्रबार बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका सवै क्षेत्रमा निषेध आदेश जारी गरेको हो ।

त्यस्तै इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३, दुहबी नगरपालिकाको वडा नम्बर १, ८ र ९ र इनरुवा नगरपालिका वडा नं. ३, ९ र १० मा समेत निषेध आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको उक्त आदेशमा सुरक्षा निकायसँग समन्वय गरेर बाहेक व्यक्तिगत वा सामूहिक हिसाबले कोही पनि घर बाहिर ननिस्कन भनिएको छ ।

आदेशविपरीत घरबाहिर हिँडडुल गएको पाइएमा वा अटेर गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने चेतावनी दिइएको छ । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षामा खलल पर्नसक्ने भन्दै प्रशासनले सजगताका लागि यस्तो आदेश गरेको हो ।

 

  • प्रकाशित मिति : वैशाख २९, २०७९, बिहीवार २२:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८