बैशाख २७, २०७९
चितवन – आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीयतहको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन भण्डारामा विशाल आमसभा सम्पन्न भएको छ ।
राष्ट्रिय कलाकारहरु निर शाह, भुवन के।सी, रबिन्द्र खड्का लगायतका ख्याती प्राप्त कलाकारहरुको उपस्थिती रहेको सो कार्यक्रममा कलाकारले गठबन्धनका सम्पुर्ण पदाधिकारीहरुलाइ जिताउन अपिल गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानिया,गठबन्धनबाट मेयर पदका उम्मेदवार समाजवादीका शमशेर लामा, उपमेयर पदका उम्मेदवार देवेन्द्र लामा लगायतले मन्तव्य राखेका थिए।
उक्त कार्यक्रमका प्रमुख अतिथी बाग्मती प्रदेशका आन्तरिक न्याय तथा सामाजिक मन्त्री माननिय कृष्ण खनालले शिक्षा, स्वास्थ्य,कृषि, पर्यटन, राजनितिक क्षेत्रलाई विकास गर्दै पुराना सोच र व्यवहारलाई बदल्न चाहेको हुनाले आफ्नो गठबन्धनका उम्मेदवारलाई आफ्नो अमूल्य भोट दिएर जिताउन हुन पनि आग्रह गरे।
विशाल आमसभाका अध्यक्ष हेमन्त कंडेलले अघिल्लो निर्वाचनबाट विजेता भई राजगरेका नेताहरुले कामभन्दा वढी कुरामात्र गरेकाले अहिलेको आवश्यकतामा युवानेताहरु प्रिय बन्ने कुरामा दोधार नभएकोले गठबन्धनका सम्पुर्ण टिमले जित हाँसिल गर्ने बताए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८