• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रचारप्रसारको अन्तिम दिन : भरतपुर १० मा खनाल बलियो बन्दै

  • खबरदाता

प्रचारप्रसारको अन्तिम दिन : भरतपुर १० मा खनाल बलियो बन्दै

 

बैशाख २७,२०७९

चितवन ( सत्ता गठवन्धनको तर्फबाट भरतपुर १० का वडा अध्यक्षका उमेदवार परमेश्वर खनाल बलियो बन्दै गएका छन।

अध्यक्षका उमेदवार खनालले भरतपुर १० लाई सफा सुन्दर बनाउने,भरतपुरकै केन्द्र मानिएको वडाको मुल समस्यालाई पहिचान गरेर समाधानमा आफु प्रतिबद्ध रहने बाचा कसम खाएर आफुसंग भोट मागेको सरिता अधिकारीले बताइन।

भरतपुरको विशालचोक निवासी ८७ वर्षीय वृद्ध मोहराज शर्माले यो पटक कुनै दलभन्दा पनि व्यक्ति हेरेर मतदान गर्ने सोचमामा रहेको कारणले अहिले१० नम्बरको अध्यक्ष परमेश्वर खनालाइनै मतदान गर्ने बताए ।

भरतपुर १० का ८० वर्षीय डम्बर कुमारी पनेरुले अहिलेसम्म कसैले नगरेको उदाहरणीय काम गरेर देखाउन सक्ने ब्यक्तिनै खनाल जसो युवामा देखेकोले खनाललाइनै मतदान गर्ने नताइन।

 

अध्यक्ष पदका उम्मेदवार खनालले वडाबासीहरुको आशीर्वादलेनै आफूलाई चुनाव जित्न मद्दत पुग्ने बताए।
मलाइ धेरै आमाबुवाहरुको आशीर्वाद छ , यसले मलाइ थप ऊर्जा दिएको छ’, उनले भने। वडाको विकासका लागि आफू प्रतिबद्ध रहेको समेत उनले बताएका छन्।

गठबन्धनका दलसँगै एमाले राप्रपाका साथिहरुको पनि मलाइ मत आउँछ यसमा म ढुक्क छु खनालले भने ।
उनले महानगरमा सडक चौडा बनाउँदै जाँदा प्रतीक्षालयहरु विस्थापित हुने हुँदा त्यसमा आफूले पञ्च वर्षीय योजना बनाएर प्रतीक्षालयहरुको संरक्षण गर्ने बताए ।

युवादेखि सबै समूहको समस्यालाई समाधान गर्दै वडालाई व्यवस्थित र नमूना बनाउने अभियानमा आफू लागि पर्ने उनको प्रतिबद्धता छ।

  • प्रकाशित मिति : वैशाख २७, २०७९, मंगलवार १६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८