बैशाख २७,२०७९
चितवन – उन्नत लोकतन्त्र पार्टीबाट भरतपुरको मेयरमा उम्मेद्बारी दिएका दिपेन्द्र बास्तोलाले जनताले मत परिबर्तन गर्नेमा आफु ढुक्क रहेको बताएका छन।
बैशाख ३० गते हुने स्थानीय तहको चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलोको अन्तिम चरणमा आइपुग्दा जनताले पुराना पार्टीबाट आजित भएकोले बिकल्प खोजिरहेको बुझेको उनले बताए ।उनले भरतपुरका २९ ओटै वडामा जनताको घरदैलोमा पुगेर बास्तबिक समस्याको पहिचान गरेको बताए । प्रत्येक वडामा फरक फरक समस्याहरु रहेकोले बेग्लाबेग्लै तरिकाले समाधान गरिनुपर्ने उनको भनाइ छ।
प्रत्येक जनताको घर दैलोमा मतदाता समक्ष आफुले तमसुक गर्दै काम गर्ने बाचा गरेको बताउँदै जनताले मत परिबर्तन गर्दै बैशाख ३० गते खुला किताबमा मतदान गर्न तयार रहेको उनको भनाइ छ।
आफ्नो पार्टीको तमसुकलाइ जनताले बिश्वासका साथ लिएको र त्यसलाइ आफ्नो पार्टीले घात गर्न नसक्ने बास्तोलाले बताए । आजसम्म पुराना पार्टीका जनप्रतिनिधिहरुले जनताको सेवक नभइ साशकको रुपमा प्रस्तुत भएको आम नगरबासीको गुनासो पाएको बास्तोलाले बताए।
राईट टु रिजेक्ट, राईट टु रिकलको मुख्य एजेण्डा बोकेको उन्नत लोकतन्त्र पार्टीका उम्मेदवारहरुले जनता सामु तमसुक गरि विजयी भए पस्चात तमसुक गरे बमोजिम काम गर्न नसकेको खण्डमा जनताले फिर्ता बोलाउन सक्ने र जस्तो सुकै कारबाही पनि भोग्न तयार रहेको पनि बास्तोलाले बताए। नेपालकै इतिहासमा जनता सामु तमसुकनै गरेर भोट माग्ने प्रक्रिया पहिलो भएको उनको भनाइ छ।
विशेष गरि कृषिलाइ पहिलो प्राथमिकतामा राख्दै चुनावी मैदानमा होमिएको उन्नत लोकतन्त्र पार्टीका मेयर पदका उमेदवार बास्तोलाले उत्पादनको बजारीकरणको समस्याको बारेमा चासो राख्दै आएका छन । किसानका उत्पादनहरु महानगर पालिकालेनै खरिद गर्नु पर्ने ब्यबस्था मिलाउनु पर्ने उनले बताउँछन । यस्ता कुरामा आफु प्रतिबद्ध रहेकोले आउँदो चुनाबमा खुला किताबमा मतदान गर्न उनको अनुरोध रहेको छ । उक्त पार्टीले भरतपुरमा वडा नम्बर १४ बाट अध्यक्षमा कृष्ण प्रसाद अधिकारीलाइ उठाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८