• चैत ६, २०८०, मंगलवार Tuesday, 19 March, 2024

परियार हत्याको बिरोधमा भरतपुरमा प्रदर्सन,म्याजिक भ्यान तोडफोड

  • खबरदाता

परियार हत्याको बिरोधमा भरतपुरमा प्रदर्सन,म्याजिक भ्यान तोडफोड

 

 

बैशाख २६,२०७९

चितवन – भरतपुरमा काङ्ग्रेस कार्यकर्ता अनिल परिया हत्याको बिरोधमा प्रदर्शन भएको छ।

परियारका आफन्त र कार्यकर्ताले भरतपुरको चितवन मेडिकल कलेज अगाडी प्रदर्शन गरेका हुन।

प्रदर्शनकारीले गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको ना १ ज ४०५८ नम्बरको मेजिक भ्यानमा तोडफोड गरेका छन।

उनीहरुले उक्त क्षेत्रमा सवारीसाधन चल्न दिएका छैनन। परियारका हत्यारालाइ तुरुन्त पक्राउ गर्न उनीहरुले माग गरेका छन।

भरतपुरको लायन्सचोक देखि चौबीसकोठि सम्म कुनैपनि सवारीसाधन चलेका छैनन । सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

भरतपुर १२ मिलन चोक बस्ने अन्दाजी बर्ष ३० का परियारलाइ आइतबार बेलुकी अज्ञात समूहले भरतपुर ७ स्थिति कृष्णपुर खेलमैदान नजिक धारिलो हत्यारा प्रयोग गरि घाइते बनाएका थिए।

छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि तत्काल चितवन मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धान सुरु गरेको जनाएपनि उक्त घटनामा संलग्न कसैलाइ पनि पक्राउ गर्न सकेको छैन।

परियार नेपाली काङ्ग्रेस बागमती प्रदेश प्रतिनिधि तथा नेपाल दलित संघका पुर्ब सदस्य हुन।

  • प्रकाशित मिति : वैशाख २६, २०७९, सोमवार ११:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८