• चैत ६, २०८०, मंगलवार Tuesday, 19 March, 2024

भरतपुरमा परियारको हत्याले निर्वाचन स्वतन्त्र र भयरहित हुनेमा काङ्ग्रेसको आसङ्का

  • खबरदाता

भरतपुरमा परियारको हत्याले निर्वाचन स्वतन्त्र र भयरहित हुनेमा काङ्ग्रेसको आसङ्का

बैशाख २६,२०७९

चितवन – भरतपुरमा काङ्ग्रेस कार्यकर्ता अनिल परियारको हत्या प्रति नेपाली काङ्ग्रेस भरतपुर महानगर कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यबाहाक सभापति बुद्धकान्त न्यौपानेले एक बिज्ञप्ति जारी गर्दै भरतपुर जस्तो क्षेत्रमा भएको यस्तो जघन्य प्रकृतिको घटनाले सुरक्षा संबेदनसिलता माथि गम्भीर प्रश्न खडा भएको जनाइएको छ।

नेपाली काङ्ग्रेस बागमती प्रदेश प्रतिनिधि तथा नेपाल दलित संघका पुर्ब सदस्य परियारलाइ चुनावी प्रचारप्रसार सकेर घर फर्कने क्रममा अँखामा खुर्सानीको धुलो छर्केर धारिलो हतियार प्रहार गरि गरिएको हत्याले पारलाइ स्तब्ध बनाएको बिज्ञप्तिमा भनिएको छ।

सुरक्षाको लापरबाही र सुरक्षा संयन्त्र फितलो भएको समेत महानगरले ठहर गरेको छ। हत्यामा संलग्नको पहिचान गरि चाँडोभन्दा चाँडो कानुनी दायरामा ल्याउन समेत बिज्ञप्ति मार्फत माग गरिएको छ।

भरतपुर १२ मिलन चोक बस्ने अन्दाजी बर्ष ३० का परियारलाइ आइतबार बेलुकी अज्ञात समूहले भरतपुर ७ स्थिति कृष्णपुर खेलमैदान नजिक धारिलो हत्यारा प्रयोग गरि घाइते बनाएका थिए।

छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि तत्काल चितवन मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धान सुरु गरेको जनाएपनि उक्त घटनामा संलग्न कसैलाइ पनि पक्राउ गर्न सकेको छैन।

  • प्रकाशित मिति : वैशाख २६, २०७९, सोमवार ०९:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८