• असोज १५, २०७९, शनिवार Saturday, 01 October, 2022
centreal college

भरतपुरमा कसले गर्‍यो काङ्ग्रेस कार्यकर्ताको हत्या ?

  • खबरदाता

भरतपुरमा कसले गर्‍यो काङ्ग्रेस कार्यकर्ताको हत्या ?

बैशाख २६,२०७९

चितवन – चितवनको भरतपुरमा एक जनाको हत्या भएको छ।

आइतबार नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार कान को हत्या भएको हो । भरतपुर १२ मिलन चोक बस्ने अन्दाजी बर्ष ३० का परियारलाइ अज्ञात समूहले भरतपुर ७ स्थिति कृष्णपुर खेलमैदान नजिक छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि तत्काल चितवन मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक नबराज अधिकारीले जानकारी दिए ।

प्रहरीले अनुसन्धान सुरु गरेको जनाएपनि उक्त घटनामा संलग्न कसैलाइ पनि पक्राउ गर्न सकेको छैन।

नेपाली काँग्रेस चितवनले काङ्ग्रेस कार्यकर्ता परियारको हत्यारालाई यथाशक्य चाँडो पक्राउ गरि कारबाही गर्न माग गरेको छ। कानको हत्यापछि चितवनको सुरक्षा व्यबस्था कडा बनाइएको छ।

  • प्रकाशित मिति : वैशाख २६, २०७९, सोमवार ०५:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८