बैशाख २५,२०७९
चितवन – नेकपा एमाले चितवनले नारायणगढको क्यापाचौरमा आयोजना गरेको चुनावी सभामा अध्यक्ष ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए।
उनले गठबन्धन र काङ्ग्रेसका नेताको चर्को बिरोध गरिरहदा कार्यकर्ता प्रति भने नरम थिए।
चितवनको भरतपुरमा आयोजित चुनावी सभामा कांग्रेस कार्यकर्ताप्रति सहानुभूति प्रकट गर्दै ओलीले भने, ‘म नेपाली कांग्रेसका यहाँका नेता कार्यकर्ताहरूप्रति सहानुभूति व्यक्त गर्न चाहन्छु ।’
ओलीले भरतपुरमा दिएको यो अभिव्यक्ति रणनीतिक हो । किनभने भरतपुरको मेयरमा कांग्रेसबाट उम्मेदवार छैनन् । कांग्रेस केन्द्रको निर्णयसँग असन्तुष्ट जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैले ओलीले भरतपुरवासी कांग्रेस कार्यकर्ताप्रति सहानुभूति देखाएर उनीहरूको मत आफ्नो पार्टीमा तान्ने प्रयास गरेका हुन् ।
गठबन्धनबाट भरतपुर महानगरमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाललाई भोट हाल्न नेपाली कांग्रेसले उर्दी जारी गरेको विषय उप्काउँदै ओलीले भने, ‘कसरी मन थामेका होलान्, प्रचण्डकी छोरीलाई जिताउनुपर्ने, जिन्दगीभरि कांग्रेस भनेर हिँडेका साथीहरूले । बिचरा १ हेर्नुहोस् त ।’
ओली यत्तिमै रोकिएनन् । ओलीले गीतको सहारा लिँदै भने, ‘एउटा गीत ुपोहोर पनि ढाँट्यौँ आमा, यसपालि पनि ढाँट्यौँु भन्याजस्तै । पाँच वर्षअगाडि पनि तिनैलाई भोट हाल्नुपर्ने । यसपालि पनि तिनैलाई हाल्नुपर्ने ।’
प्रचण्ड र उनकी छोरी रेनु दाहाललाई जिताउँदैमा चितवनका कांग्रेस कार्यकर्ताको जुनी खेर जाने भयो भनेर पनि टिप्पणी गरे ओलीले ।
माओवादी कार्यकर्ताले चर्को विरोध गरेको प्रकाश सपुतको ‘पिर’ गीतको उदाहरण दिँदै ओली भने, ‘कांग्रेसका कार्यकर्ताहरूको कति मुटु धड्किएको होला । कति पिर परेको होला, प्रकाश सपुतको गीत जस्तो बिचरा पिर बिसाउने ठाउँ नै पाइएन भनेजस्तो कांग्रेसका कार्यकर्ताले कसरी कहाँ पिर बिसाउने रु छाती समातेर बस्नुभएको होला पीडाले ।’
प्रधानमन्त्री पदका लागि कांग्रेस नेताहरूले पार्टी समाप्त पार्न लागेको टिप्पणी गर्दै ओलीले भने, ‘कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बस्या छन् कार्यकर्ता रु पार्टी सिध्याउँदैछन् ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८