• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा २७ गते देखि मादक पदार्थ बिक्रीवितरणमा रोक

  • खबरदाता

चितवनमा २७ गते देखि मादक पदार्थ बिक्रीवितरणमा रोक

बैशाख २५,२०७९

चितवन – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाइ लक्षित गर्दै २७ गतेबाट मादक पदार्थ बिक्रीवितरण गर्न नपाइने भएको छ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई भयरहित र विश्वसनिय बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले २७ गते मंगलबार राति १२ बजेदेखि मादक पदार्थ विक्री वितरणमा निषेध गरेको हो ।

मतदान हुने दिनसम्मका लागि मादक पदार्थ विक्री वितरण एवं सेवन गर्न नपाईने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ अनुसार नै मादक पदार्थ विक्री वितरणमा रोक लगाईएको उनले बताए ।

निर्णय विपरित कसैले मादक पदार्थ विक्री वितरण गरेको पाईए कानुन बमोजिम कारबाही हुने समेत उनले चेतावनी दिएका छन् ।

  • प्रकाशित मिति : वैशाख २५, २०७९, आइतवार १८:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८