• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढ – मुग्लिन सडक खण्ड सुचारु

  • खबरदाता

नारायणगढ – मुग्लिन सडक खण्ड सुचारु

 

बैशाख २५,२०७९

चितवन -सुख्खा पहिरो खसेर अबरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ।

इच्छाकमना गाउँपालिका वडा नम्बर ६ स्थित तोपे खोलामा आइतबार बिहान ४:४८ बजे पनि सुख्खा पहिरो खसेर दुइतर्फि सडक अबरुद्ध भएको थियो।

सनिवार बेलुका ७:४० बजे पनि सो स्थानमा पहिरो खसेको र उक्त पहिरो पन्छाइ आइतबार बिहान ४स्१५ बजे मात्र सडक सुचारु गरिएको थियो। तर पुनः पहिरो खसेपछि अबरुद्ध भएको सडक बिहान ६:४ बजेबाट दुइतर्फि संचालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

  • प्रकाशित मिति : वैशाख २५, २०७९, आइतवार ०६:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८