बैशाख २०,२०७९
चितवन – सत्ता गठबन्धन दल भरतपुरले चुनावी प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ।
भरतपुरमा आज आयोजित एक कार्यक्रमका बीच प्रतिबद्धता पत्र सार्बजनिक गरिएको हो।
मुख्य गरि २२ बुँदामा तयार पारिएको पत्रमा भरतपुर महानगरका सबै वडामा अस्पताल निर्माण गरिने उल्लेख छ। प्रबिधिको प्रयोग गरि डिजिटल महानगर निर्माण गरिने छ।
अहिले निर्माणाधिन रिङरोडफरलाइ पुर्णता दिदै एशियाली मापदण्डको महानगर निर्माणमा जोड दिइने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। यस्तै पर्यटन , कृषिलाइ पनि उतिके जोड दिइएको छ।
बेरोजगार मुक्त महानगर , इलेक्ट्कि यातायात ,खेलकुदलगायतका क्षेत्रलाइ समेत प्राथमिकताका साथ लिइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८