बैशाख १९,२०७९
चितवन – निर्वाचन आयोगले सरकारका गृहमन्त्री समेत रहेका बालकृष्ण खाणलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
भरतपुरको मेयरमा काङ्ग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्बारी दिएपछि उम्मेद्बारी फिर्ता गराउन भन्दै चितवन आएको बारेमा उनलाइ आयोगले स्पष्टीकरण सोध्ने तयारी गरेको हो।
आयोगले गत चैत २५ गते जारी गरेको निर्वाचन आचार(संहितामा सरकारी निकायमा रहेका बहालवाला कर्मचारी वा मन्त्रीले उम्मेदवार मनोनयन गराएकालाई भेट्न नपाइने ब्यबस्था छ ।
गठबन्धनले भरतपुरको मेयर माओवादीलाइ दिने निर्णय गरेपछि असन्तुष्ट काङ्ग्रेसले पुर्ब सांसद समेत रहेका पौडेललाइ भरतपुरको मेयरमा उमेदवार बनाएका थियो। पौडेलको उम्मेद्बारीले गठबन्धनलाइ धक्का पुग्ने भएपछि पार्टी सभापति शेर बहादुर देउवाले गृहमन्त्री खाणलाइ भरतपुर पठाएका थिए।
१४ गते चितवन आएका खाण पौडेलले उम्मेद्बारी फिर्ता नलिने डान लिएपछि १६ गते काठमाडौ फर्केका थिए।
आयोगले आचारसंहिता लागू भएपछि हालसम्म १६ जनालाई स्पष्टीकरण सोधिसकेको छ ।
आचारसंहिता उल्लंघन गर्नेलाई १ लाख सम्म जरिवाना र उम्मेदवारले गरेको क्रियाकलापलाई लिएर उम्मेदवार खारेज सम्म हुन सक्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८