बैशाख १८,२०७९
चितवन – गैंडाको आक्रमणबाट चितवनमा एक जना घाइते भएका छन।
घाइते हुनेमा भरतपुर महानगरपालिका २८ गोलाघाट बस्ने अन्दाजी ३७ बर्षको मनबहादुर कुमाल रहेको चितवन प्रहरीले जनाएको छ।
आइतबार बिहान ९ बजेको समयमा मिस्त्रि काम गर्न जाने क्रममा घर भन्दा ४ सय मिटर पर गैंडाले आक्रमण गरेको थियो।
मध्यम अबस्थामा कुमालको उपचार भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८