• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा १२८ जनाले गरे उम्मेद्बारी फिर्ता

  • खबरदाता

भरतपुरमा १२८ जनाले गरे उम्मेद्बारी फिर्ता

 

बैशाख १७,२०७९

चितवन – बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा उम्मेद्बारी दिएका मध्ये १२८ जनाले आफ्नो उम्मेद्बारी फिर्ता लिएका छन।

प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाए अनुसा महानगर प्रमुखबाट ३ जनाले उम्मेद्बारी फिर्ता गरेका छन। उपप्रमुख पदमा दिएको उम्मेद्बारी पनि ३ जनाले फिर्ता गराएका हुन।

यस्तै वडाध्यक्ष पदबाट २८,वडा सदस्यबाट ७९ जनाले उम्मेद्बारी फिर्ता गराएका छन भने ३८ जना महिला सदस्य र ३१ जना दलित महिला सदस्यले पनि उम्मेद्बारी फिर्ता गराएका हुन।

आयोगले शुक्रवार साँझ ५ बजे सम्म उम्मेद्बारी फिर्ताको समयसिमा तोकेको थियो। आज उमेदवारको लागि चुनाब चिन्ह वितरण गरिने छ।

  • प्रकाशित मिति : वैशाख १७, २०७९, शनिवार ०८:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८