• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024

भरतपुरमा काङ्ग्रेसका स्वोतन्त्र उमेदवार पौडेललाई उम्मेद्बारी फिर्ता नलिन कार्यकर्ताको दबाब

  • खबरदाता

भरतपुरमा काङ्ग्रेसका स्वोतन्त्र उमेदवार पौडेललाई उम्मेद्बारी फिर्ता नलिन कार्यकर्ताको दबाब

बैशाख १६,२०७९

चितवन – बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयरमा स्वोतन्त्र उम्मेद्बारी दिएका जगन्नाथ पौडेललाई उम्मेद्बारी फिर्ता नगर्न कर्याकर्ताले दबाब दिन थालेका छन।

भरतपुरमा मेयर नपाएर असन्तुष्ट बनेका काङ्ग्रेसका कार्यकर्ताहरु शुक्रबार बिहानै देखि पौडेल निवास पिपलचोकमा भेला भएका छन। युवा देखि पाका कार्यकर्ताहरु लहुरोको सहायतामा त्यहाँ सम्म आइपुगेका छन।पाका कार्यकर्ताहरुले भरतपुर काङ्ग्रेस बचाउने अब तपाइँको हातमा भन्दै पौडेललाइ अडिग रहन भनिरहेका छन।

नेता पौडेलले कार्यकर्तालाई उम्मेद्बारी फिर्ता नहुने भन्दै आस्वस्त पारेका छन।
स्वोतन्त्र उम्मेद्बारी दिएका पौडेलले आफ्नो निवासबाट बाहिर कतै गएर कसैसंग पनि बर्ता र छलफल नगर्ने बताएका छन।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन आज सांझ ५ बजे सम्मको समयसिमा तोकेको छ।

यता गठबन्धनले पार्टीबाट बागी र स्वोतन्त्र उमेदवार बनेका सबैलाइ उम्मेद्बारी फिर्ता लिन आग्रह गरेको छ । काङ्ग्रेसले भने कसैले पार्टी विरुद्ध उम्मेद्बारी दिएको भए फिर्ता लिन आग्रह गर्दै त्यसो नभए कारबाही गर्ने चेतावनी दिएको छ।

भरतपुरमा असन्तुष्ट काङ्ग्रेसलाइ मिलाउन आएका राज्यमन्त्री उमेश श्रेष्ठ र गृहमन्त्री बालकृष्ण खाँडले छलफल र परामर्श गरिरहेका छन। आज बिहान मात्र गठबन्धनकी उमेदवार रेनु दाहालसंग परामर्श गरेका खाँड अहिले नारायणगढको एक होटलमा बसेर विभिन्न नेता तथा कार्यकर्तासंग परामर्श गरिएका छन।

  • प्रकाशित मिति : वैशाख १६, २०७९, शुक्रवार १०:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८