• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मुग्लिन- नारायणगढ सडक खण्डमा तीन सवारीसाधन एकआपसमा ठोक्किदा २६ जना घाइते

  • खबरदाता

मुग्लिन- नारायणगढ सडक खण्डमा तीन सवारीसाधन एकआपसमा ठोक्किदा २६ जना घाइते

बैशाख १४,२०७९

 

चितवन- नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर, बस र कार एक आपसमा ठक्कर खाँदा २५ जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ भतेरी जंगलमा नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढ तर्फ आउँदै गरेको ग १ ख ९३०३ नम्बरको यात्रुबहाक बस र बा ०६८४ नम्बरको कार आज दिउँसो ठक्कर खाँदा उनीहरु घाईते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता नरहरी अधिकारीका अनुसार घाईते मध्ये १६ जनाको अबस्था सामान्य रहेको छ भने अन्यको मध्यम रहेको छ । घाईते मध्ये ९ जनाको पुरानो मेडीकल कलेजमा, ३ जनाको चितवन मेडीकल कलेजमा र १४ जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।

  • प्रकाशित मिति : वैशाख १४, २०७९, बुधवार २०:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८