बैशाख १४,२०७९
चितवन – नेपाली काङ्ग्रेस चितवनका नेता तथा कार्यकर्ताले काङ्ग्रेसबाट उठेका स्वोतन्त्र उमेदवारलाइ कमजोर नसोच्न आग्रह गरेका छन।
कांग्रेस चितवनको बिबाद मिलाउन बुधबार यहाँ आएका मन्त्री खाँडसंग काङ्ग्रेस कार्यसमितिका पदाधिकारीले पार्टी कार्यालय कमलनगर नारायणगढमा भएको छलफलमा सो कुरा बताएका हुन।
छलफलमा सहभागी एक नेताका अनुसार गठवन्धनको उम्मेदवारी दर्ताका क्रममा भन्दा स्वतन्त्र उम्मेदवारी दर्तामा कांग्रेसको झण्डा बोकेर जाने नेता तथा कार्यकर्ताको ठुलो उपस्तिथि रहेको खाँणलाइ जानकारी गराएका थिए।
कांग्रेस चितवनको बैठकलाई संम्बोधन गर्दै मन्त्री खाँडले पाटी भित्रको कुरा जसरी पनि मिलाउनु पर्ने बताएका थिए। प्रधानमन्त्रीको दुतका रुपमा जिल्लाको बिबाद मिलाउन चितवन आएका खाँडले दुईदिनको बसाइमा जिल्लाका नेता तथा कार्यकतालाई भेटेर स्वतन्त्र उम्मेदवारी फिर्ताका लागि पहल गर्ने कार्यक्रम रहेक ती नेताले बताए। आजै सांझ खाँणले केन्द्रीय नेता तथा जिल्ला स्तरका नेताहरुलाइ भेट गर्ने बताइएको छ।
गठबन्धनले भरतपुरको मेयर माओवादीलाइ दिएपछि असन्तुष्ट बनेका काङ्ग्रेसले पुर्ब साँसद जगन्नाथ पौडेललाइ मेयरमा स्वोतन्त्र उमेदवार उठएका छन।
पौडेलको उम्मेद्बारी पछि गठबन्धन भित्र ठुलै तरङ्ग पैदा भएको छ। हिँजै मात्र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड चितवन आएर गठबन्धनका नेता तथा कार्यकर्तासंग भेट गरि काठमाडौं पर्किएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८