बैशाख १४,२०७९
चितवन – स्थानीय तह निर्वाचनको लागि दिएका उम्मेद्बारी बिरुद्ध परेका उजुरीमा आज र भोलि छानबिन हुने भएको छ।
आइतबार र सोमबार मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिन आयोगले आह्वान गरेको थियो।
भरतपुर महानगर पालिकामा उम्मेद्बारी दिएका मध्ये कसैको नाममा पनि उजुरी नपरेको मुख्य निर्वाचन कार्यालय भरतपुरका प्रबक्ता पुरुषाेत्तम पौडेलले जानकारी दिए।उनले भने भरतपुरमा कसै विरुद्ध उजुरी परेको छैन सूचनाका हिसाबले केहि पत्र प्राप्त भएका छन। पत्रमा लाभको पद लिन खोजेको भनेर उल्लेख गरिएको छ ।
आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ ।
निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन साढे एक लाखले उम्मेदवारी दिएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८