बैशाख १३,२०७९
भरतपुर । भरतपुर महानगर पालिका वडा नम्बर १८ को अध्यक्षमा स्वोतन्त्र उम्मेद्बारी दिएका पर्शुराम अर्यालले चुनाबमा जम्मा पाँच हजार मात्र खर्च गर्ने बताएका छन।
जनप्रतिनिधि बन्नको लागि शिक्षण पेसा छाडेर आएका अर्यालले उमेदवारी दर्तामा १ हजार, पर्चा छपाइमा ३ हजार र फ्लेक्समा १ हजार गरी जम्मा पाँच हजार रूपैयाँभन्दा बढी खर्च नगरी चुनावमा प्रतिस्पर्धा गर्ने बताएका छन। अधिकांस उमेदवारहरूले ठूलो धनराशि नै खर्च गरेर मतदाता रिझाउने प्रयास गरिरहँदा अर्यालले भने आफ्नो योजना मुताबिक पाँच हजार खर्चमै चुनाव जित्ने दाबी गरेका छन।
वडामा रहेका १२ वटा टोललाई गाभेर ६ वटा बनाउने र घरेलु तथा साना उद्योग सञ्चालन गर्ने उनको योजनापत्रमा उल्लेख छ। वडा भित्र रासायनिक मलको कारखाना स्थापनाको लागि अध्ययन गर्ने र किसानलाई निःशुल्क तालिम, मल र बीउको व्यवस्था गर्ने देखि विपन्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट (वाइफाइ)को व्यवस्था गर्ने सम्मका कुरालाइ उनले यिजना पत्रमा समेटेका छन।
अर्याल भन्छन , ‘यिनै एजेण्डाको आधारमा म प्रचारप्रसारमा लागेको छु चुनाव सजिलै जित्छु।
देशको राजनीतिमा जति धेरैले परिबर्तन आएपनि आफ्नो वडामा कुनै परिवर्तन नआएकाले बाध्य भएर उमेदवारी दिनुपरेको उनले बताए। उनले भने ‘स्थानीय सरकार आएको पाँच वर्ष बितिसक्दासम्म पनि हाम्रो वडामा कुनै परिवर्तन देख्न पाएनौँ त्यसैले मैले स्वतन्त्रतर्फबाट वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गराएको हुँ।’
कानुनमा एलएलवी (स्नातक) र अंग्रेजीमा स्नातकोत्तर गरेका उनी यसअघि पार्वतीपुरस्थित अन्नपूर्ण कलेज, हिमालय बोर्डिङ, एपेक्स एकेडेमीलगायतमा अध्यापन गर्थे।
अब वडामा जनप्रतिनिधि भएर जनताको सेवा गर्नलाइ बाटो परिवर्तन गर्दै उमेदवारी दिएको उनले बताए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८