बैशाख १३,२०७९
चितवन । सोमबार एमालेबाट भरतपुरको मेयरमा उम्मेद्बारी दर्ता गराएका बिजय सुबेदीले घर दैलो अभियानलाइ तिब्रता दिएका छन।
भरतपुर महानगरको वडा नम्बर २८ बाट उनले सो अभियान सुरु गरेका हुन। त्यहाँ स्थिति गोलाघाट, जितपुरमा आयोजित कोण सभालाइ सम्बोधन गर्दै सुबेदीले पश्चिम् चितवनलाई दोस्रो सौराहा बनाउने आफ्नो योजना रहेको बताए । उनले पश्चिम चितवनको गोलाघाट, जितपुर क्षेत्रलाई दोस्रो सौराहको रुपमा विकास गर्न चाहेको बताएका हुन।
आजदेखि सुरु भएको घरदैलो अभियानका क्रममा उम्मेदवार सुवेदीले पश्चिम चितवनको प्राकृतिक सम्पदाहरुलाई पर्यटककीय स्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले आफूसँग पश्चिम चितवन क्षेत्रलाई विकास गर्ने योजनाहरु धेरै भएको भन्दै आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचित गराउन महानगरवासीलाई आग्रह गरेका छन् ।
चुनावी अभियानका क्रममा उपप्रमुखका उम्मेदवार हिमला गुरुङले विगतमा राप्रपाले सो क्षेत्रमा धेरै विकासका कार्यहरु गरेको बताइन् । उनले आफूले बोलेर नभई काम गरेर देखाउने बताइन् । लामो समयदेखि राजनीतिमा लागिपरेको बताउँदै गुरुङले यस पटक आफूहरुलाई निर्वाचित गराउन आग्रह गरेकी छिन् ।
उनीहरुले पहिलो दिन भरतपुर महानगरपालिकाका २ वडामा घरदैलो अभियान सञ्चालन गरेका छन् ।
उक्त घरदैलो कार्यक्रममा वाग्मती प्रदेश सांसद तथा राप्रपाकी सहमहामन्त्री रिना गुरुङले मेयर–उपमेयर पद कसैको पेवा नभएकाले जनताबाट अनुमोदित हुनुपर्ने बताइन् । चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै उनले जनताका अपेक्षा अनुसारका विकास गर्न व्यवस्थित गुरुयोजना र नीति आवश्यक रहेकोले एमाले राप्रपाको गठबन्धनलाई विजयी गराउन उनले आह्वान गरिन् ।
चुनावको मुखमा केही योजना शिलन्यास र उद्घाटन गरेको देखाउँदै जनता झुक्याउने काम भएको गुरुङले टिप्पणी गरिन् । टोल–टोलबाट माग भएका कैयन योजनाहरुलाई बेवास्ता गरिएको महसुस महानगरवासीले गरेको उनको भनाइ थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८