बैशाख १३,२०७९– शंकर चिमरीया
चितवन – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुटुक्क चितवन आएर फर्किएका छन।
मंगलबार बिहान चितवन आएका प्रचण्डले राजनीतिक भेटघाट गरेरको बताइएको छ। स्थानिय निर्वाचनमा गठबन्धनबाट माओवादीकी रेनु दाहालले मेयरको टिकट पाएपछि उनी पहिलो पटक चितवन आएका हुन।
माओवादीलाइ भरतपुरको मेयर दिएपछि काङ्ग्रेसमा देखिका असन्तुष्ट नेता तथा कार्यकर्ता फकाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुुटुक्क चितवन आएर काठमाडौँ फर्किएका हुन । मंगलबार बिहान चितवन आइपुगेका उनले भरतपुर महानगरपालिका–१० मा रहेको रेनु दाहाल निवासमा कांग्रेस र माओवादी नेताहरुसँग छलफल गरेर काठमाडौँ फर्किएको बताइएको छ।
नेकपा माओवादी चितवनका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले आज बिहान प्रचण्ड आएर नेता कार्यकर्तासँग भेटघाट गरको बताए । उनले भने ‘पारिवारीक भेटघाटका लागि आउनुभएको थियो फर्किहाल्नु भयो ।’
काँगेसका केही नेताहरुसँग भेटघाट गरेपनि काँग्रेसबाट बागी उम्मेद्वारी दिएका जगन्नाथ पौडेलसँग भने भेट नभएको उनले बताए ।
चितवनमा असन्तुष्ट कांग्रेसका तर्फबाट पूर्वसांसद पौडेलले मेयरमा बागी उम्मेदवारी दिएपछि रेनुको भोट घट्ने आकलन सत्ता गठबन्धनको छ ।
हिजो सोमबार गरिएको मनोनयन दर्तामा पनि ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता बागी उम्मेदवारको पक्षमा लागेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८