बैशाख १३, २०७९
चितवन – आसन्न स्थानिय निर्वाचनका लागि देशभरबाट उम्मेद्बारी दर्ता गराउनेको संख्या १ लाख ४१ हजार ४६८ जना पुगेको छ।
निर्वाचन आयोगले मंगलबार बिहान सवा १० बजे उपलब्ध गराएको तथ्यांक अनुसार ११ बजे दिएक तथ्यांक विवरण अनुसार प्रदेश १ मा २३ हजार १९४ जना रहेका छन।
यस्तै मधेस प्रदेशमा ३६ हजार २७५, बागमतीमा २३ हजार ६५४, गण्डकीमा १२ हजार ३१४, लुम्बिनीमा २२ हजार ४२१, कर्णालीमा १२ हजार ८४८ र सुदुर पश्चिम् प्रदेशमा ११ हजार ७६२ जना रहेका छन।
जसमध्ये अध्यक्ष पदमा ३ हजार ३०६ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार ३४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यता, वडा अध्यक्ष पदमा मात्र ३३ हजार १११ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा २४ हजार २८३, दलित सदस्यमा २१ हजार ९७९ र सदस्य पदमा सर्वाधिक ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८