बैशाख १३, २०७९
चितवन – आसन्न स्थानिय निर्वाचनका लागि देशभरबाट १लाख ४ हजार १२३ जनाले उम्मेद्बारी दर्ता गराएका छन।
निर्वाचन आयोगले सोमबार राती ११ बजे दिएक तथ्यांक विवरण अनुसार प्रदेश १ मा १८ हजार ४९९ जना रहेका छन।
यस्तै मधेस प्रदेशमा २४ हजार १४३, बागमती प्रदेशमा १७ हजार २२५, गण्डकी प्रदेशमा ८ हजार ५३२, लुम्बिनी प्रदेशमा १७ हजार ७२०, कर्णालीमा ८ हजार ९८४ र सुदुर पश्चिम् प्रदेशमा ९ हजार २९ जना रहेका छन।
जसमध्ये नगर प्रमुखमा २ हजार ७ सय ४४ जना र उपप्रमुखमा १ हजार ६ सय ९९ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी अध्यक्षमा २ हजार ९ सय ४१ जना र उपाध्यक्षमा २ हजार २३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।
वडा अध्यक्षमा २५ हजार ६४ जना, दलित महिला सदस्यमा १७ हजार ४ सय ६७ तथा सदस्यमा ३६ हजार ४८८ जनाको उम्मेदवारी परेको हो । देशभरबाट सबै पदमा ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुन्छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८