बैशाख १२, २०७९
चितवन – आसक्ति स्थानिय निर्वाचनका लागि देशभरबाट ८२ हजार २१० जनाले उम्मेद्बारी दर्ता गराएका छन।
निर्वाचन आयोगले गराएको उम्मेदवारी दर्ता विवरण अनुसार प्रदेश १ मा १४ हजार ९३४ जना रहेका छन।
यस्तै मधेस प्रदेशमा १९ हजार १०१, बागमती प्रदेशमा १३ हजार २९४, गण्डकी प्रदेशमा ६ हजार ५९३, लुम्बिनी प्रदेशमा १४ हजार ७६२, कर्णालीमा ६ हजार ६१८ र सुदुर पश्चिम् प्रदेशमा ६ हजार ९०८ जना रहेका छन।
आयोगका अनुसार नगरमा २३४३ र गाउँपालिका अध्यक्षमा २४९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै उपप्रमुखमा १४५४ र उपाध्यक्षमा १७२६ जनाले उम्मेदवारी दर्ता गराएको विवरणमा उल्लेख छ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८