बैशाख १२,२०७९
चितवन – आसन्न स्थानिय निर्वाचनका लगि एमालेबाट भरतपुरको मेयर बनेका बिजय सुबेदीले बिपि कोइरालाको सालिकमा पुगेर आफ्नो चुनावी यात्रा सुरु गरेका छन।
उम्मेद्बारी मनोनयन दर्ताको दोस्रो दिन मनोनयन गराउन जानुभन्दा केहि समय अघि मात्र सुबेदी भरतपुरको क्यान्सर अस्पताल परिसरमा रहेको बिपि सालिकमा पुगेका थिए । उनले त्यहीँ स्थिति कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेर उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय गएका थिए।
बिपिप्रति सानैदेखि आफ्नो आस्था रहेको बताउँदै उनले काङ्ग्रेसको मन जित्ने प्रयास गरेका छन। सधैं उदार र सालिन रहने सुबेदीको यो रणनितिले पक्कै पनि चुनावी मैदानमा होमिदै गर्दा निकै फाइदा पुग्ने देखिन्छ ।
भरतपुरमा सत्ता गठबन्धनले माओवादीकि रेनु दाहाललाइ मेयरको उमेदवार बनाएको भन्दै काङ्ग्रेसको एक समुह असन्तुष्ट बनेपछि सुबेदीले त्यसको फाइदा पनि लिन सक्ने देखिन्छ । काङ्ग्रेसका असन्तुष्ट समुहको तर्फबाट पुर्ब सांसद जगन्नाथ पौडेलले आजै मेयरमा उम्मेद्बारी दर्ता गराएका छन।
कुनै पनि काङ्ग्रेस आफ्नो यात्रा सुरु गर्दा बिपिलाइ नसम्झदै गर्दा एमालेका सुबेदी बिपि सालिक पुग्नुलाइ पाका काङ्ग्रेसीहरुले चाख मानिरहेका छन ।
उनको यो यात्राले माओवादीसंग गठबन्धन गर्दै जाने काङ्ग्रेसीलाइ राम्रै झापड लाग्ने देखिन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८