वैशाख १२, २०७९ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ ।
उक्त तालमेलमार्फत एमालेले मेयरमा र राप्रपाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट विजय सुवेदीले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, उपमेयरमा राप्रपाकी हिमला गुरुङले मनोनयन दर्ता गराएकी हुन् ।
भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले उम्मेदवारी दिएकी छन् । गठबन्धनका तर्फबाट उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८