भरतपुर,१२ वैशाख ।
सत्ता गठबन्धनका तर्फबाट भरतपुरमा मेयरको उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ रेनु दाहालले जनअभिमतबाट पनि प्रतिगमनलाई पराजित गरिने बताएकी छिन् ।
सोमबार उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘हामीले आन्दोलनमार्फत प्रतिगमनलाई पराजित गरेका थियौँ । अब जनअभिमतबाट पनि पराजित गर्छौं ।’
कांग्रेसको बागी उम्मेदवारबाट आफूलाई कुनै असर नपर्ने दाबी दाहालको छ । उनले भनेकी छिन्, ‘दोस्रो पटक उम्मेदवारी दर्ता गर्दा म निकै खुसी छु । मेरो जित सुनिश्चित छ ।’
उनी बहालवाला मेयरसमेत हुन् । फेरि उम्मेदवार बन्न उनले पदबाट राजीनामा दिएकी थिइन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८