बैशाख १२,२०७९
चितवन – भरतपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले नेकपा एमालेलाइ सघाउने भएको छ।
एमाले र राप्रपा बीच आइतबार राति अबेर एक अर्कालाई सघाउने सहमति भएको हो।
सहमति अनुसार भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको राप्रपाकि नेतृ रिना गुरुङले जानकारी दिइन।
उनका अनुसार राप्रपाले महानगरको वडा नं. १५ र २६ को वडाध्यक्ष पाउने छ । वडा नं. ४,११, १६,१९ र २४ मा दुबै दलले आ आफ्नै उमेदवार उठाउने छन भने बाकी वडामा दुबै पार्टीका तर्फबाट एकल उमेदवार रहने जनाइएको छ।
राप्रपाले भरतपुरको उपमेयरमा पार्टीको जिल्ला उपाध्यक्ष हिमला गुरुङलाइ उमेदवार बनाउने सम्भावना रहेको बुझिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८