• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा गठबन्धन भित्र किचलो , उम्मेद्बारी अझै टुंगोमा पुगेन

  • केपी शर्मा

भरतपुरमा गठबन्धन भित्र किचलो , उम्मेद्बारी अझै टुंगोमा पुगेन

बैशाख ११,२०७९

चितवन -आसन्न निर्वाचनको लागि भरतपुर महानगरपालिकामा सिट बाँडफाँडमा गठबन्धन भित्र असन्तुष्टि भएपछि उमेदवारको टुंगो लाग्न सकेको छैन ।

गठबन्धनले भरतपुरको मेयर माओवादीलाइ दिएपछि उपमेयर काङ्ग्रेसले पाएको छ। तर वडध्यक्षमा पार्टी बिच कुरा नमिल्दा उमेदवारको टुंगो लाग्न नसकेको हो।

मेयर र उपमेरमा कुरा मिले पनि वडामा कुरा नमिल्दा उमेदवारको टुंगो लाग्न नसकेक नेकपा समाजबादीका जिल्ला सचिब कुल प्रसाद लामिछानेले बताए ।केन्द्रको परिपत्र अनुसार गठबन्धनमा सिट बाँडफाँड हुनु पर्नेमा मुख्य दललेनै परिपत्र बाहिर गएर निर्णय गर्न खोज्दा कुरा नमिलेको उनले बताए।
मेयर र उपमेयर पाएका दलहरुले वडामा लचिलो हुन पर्नेमा ती दललेनै धेरै भाग खोजेपछि आफ्नो पार्टीले सहमति गर्न नसकेको उनको भनाइ थियो । उनले भने, ‘गठबन्धन कसरी गर्ने भन्ने सबै आधार माथिबाटनै प्रष्ट रुपमा आएको छ त्यसैलाइ पालना गरे त भैगयो नि।त्यो भन्दा धेरै हामीले दाबी गरेकै छैन ।’

मुख्य दलहरु यसरीनै अगाडी बड्नेहो भने नेकपा एसले भरतपुरका सबै वडामा भोलि उम्मेद्बारी दिने उनले दाबी गरे ।

‘अहिले जुन वडामा जसले जितेको छ त्यो वडा सोही पार्टीले पाउने भन्ने केन्द्रको निर्णय अनुसार हामीले दाबी गरेका हौं ‘ ,उनले भने। उनले भने हाम्रो माग भनेको बाकी एमालेले जितेका वडामा पचास प्रतिशत पाउनु पर्‍यो।

भरतपुरमा मात्रै नभएर जिल्लामानै कुरा मिल्न बाकि रहेकोले भोलि बिहान सम्म कुरा नमिले सातै पालिका भित्रका ९८ वडामा उम्मेद्बारी मनोनयन दर्ता गर्ने तयारीमा पार्टी रहेको लामिछानेले बताए ।

अघिल्लो स्थानिय निर्वाचनमा भरतपुरमा एमालेले १४ वटा वडा जितेको थियो। जस मध्ये वडा नम्बर ७,९,१०,१२ र २२ समाजबादीसंग छन । वाँकी रहेका ९ वडा मध्येबाट पचास प्रतिशत दाबी गर्दा नेकपा एसले ९ वडामा दाबी गरेको देखिन्छ ।

  • प्रकाशित मिति : वैशाख ११, २०७९, आइतवार १९:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८