• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

राप्रपाले चितवनमा तालमेल नगर्ने ,भरतपुरको मेयरमा थापा र माडीमा पौडेल

  • खबरदाता

राप्रपाले चितवनमा तालमेल नगर्ने ,भरतपुरको मेयरमा थापा र माडीमा पौडेल

 

बैशाख ११,२०७९

चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले भरतपुर महानगर र माडी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा उम्मेदवारी दिने भएको छ ।

राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले अन्य पालिकामा जस्तै महानगर र माडीमा पनि एकल चुनावमा जाने बताए । उनका अनुसार राप्रपा भरतपुर महानगरका अध्यक्ष दिपक थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उपमेयरमा पनि उम्मेदवार उठाउने स्रोेतले जनाएको छ । उपमेयरमा ३ जना आकांक्षी रहेकाले भोलि ९सोमबार० एक जना सर्वसम्मत उम्मेदवार छनौट हुने जनाइएको छ । पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे २०७० मा दोस्रो संविधानसभामा निर्वाचित भएको साविक क्षेत्र नम्बर ५ भित्रै माडी र महानगरको केही क्षेत्रहरु पर्छन् ।

राप्रपाको जनाधार पश्चिम चितवनमा पकड बलियो मानिन्छ । यसअघि महानगरमा एमालेसँग चुनावी तालमेल गर्ने चर्चा चलेपनि राप्रपा एकल चुनावमा जान लागेको हो ।

यस्तै राप्रपाको बलियो जनाधार रहेको क्षेत्र माडीमा पनि मेयर र उपमेयरमा उम्मेदवारी दिइने छ । मेयरमा मदनप्रसाद पौडेल र उपमेयरमा फूलमाया महतोलाई उम्मेदवार बनाउने तयारी छ ।

राप्रपाले चितवनका ७ वटै पालिकाको प्रमुख, उपप्रमुख, ९८ वडामै वडाध्यक्ष, सदस्य पदहरुमा समेत उम्मेदवारी दिइने जनाएको छ । राप्रपा र एमालेसँगको चुनावी तालमेलको सम्भावना नहुने देखिएपछि पार्टीले उक्त निर्णय गरेको हो । आज ९आइतबार० दिनभर राप्रपाका जिल्ला नेताहरु केन्द्रीय नेताहरुसँग समन्वय गर्दै बसेको बैठकले चितवनमा चुनावी तालमेल नगर्ने निष्कर्षमा पुगेको हो ।
आज दिनभर राप्रपाको एमालेसंग तालमेल हुने भन्ने हल्ला चलेपनि दुबै पक्षबिचको निर्णय टुंगोमा पुग्न सकेन।

  • प्रकाशित मिति : वैशाख ११, २०७९, आइतवार १८:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८