• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

उन्नत लोकतन्त्र पार्टीबाट भरतपुरको मेयरमा बास्तोलाको उम्मेद्बारी दर्ता

  • खबरदाता

उन्नत लोकतन्त्र पार्टीबाट भरतपुरको मेयरमा बास्तोलाको उम्मेद्बारी दर्ता

बैशाख ११,२०७९

चितवन – उन्नत लोकतान्त्र पार्टीबाट भरतपुरको मेयरमा दिपेन्द्र बास्तोलाले उम्मेद्बारी मनोनयन दर्ता गराएका छन।

स्थानिय निर्वाचनको लागि मनोनयन दर्ताको पहिलो दिन मुख्य निर्वाचन अधिकृतको कार्यलय भरतपुरमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन ।

उम्मेदवारी दर्ता गराउँदै बास्तोलाले अहिलेसम्म नेपालमा जतिपनि आन्दोलन , जनयुद्द भएपनि वास्तविक रुपमा जनताले परिवर्तनको महसुस गर्न नसकेको उनले बताए।

उन्नत लोकतन्त्र पार्टीले स्वास्थ , खानेपानी , बिजुलि र शिक्षा निशुल्क गर्ने उनको भनाइ थियो । त्यही अनुसार हामीले जनताको अनुहारमा खुशी ल्याउन प्रतिबद्ध छौ।

उनले भने हामी घोषणा पत्र हैन तमसुक पत्र लिएर मैदानमा आएका छौ। जुन तमसुक पत्रले हामीले भने अनुसार काम नगरे कानुनी कार्बाहि गर्न सक्नु हुनेछ। त्यसैले पनि हामी काम गर्नेछौ।

उनले उन्नत लोकतन्त्रको माध्यमबाट जनतालाई हकअधिकार सहितको सेवा प्रदान गर्न लागि पर्ने उदेश्यका साथ आफ्नो उम्मेद्बारी घोषणा भएको बताए ।

बस्तोलाको प्रस्तापकमा टिका बहादुर थापा र समर्थकमा कृष्ण प्रसाद अधिकारी रहेका थिए।
सो पार्टीले भरतपुर १४ को वडाध्यक्षमा कृष्ण प्रसाद अधिकारीलाइ मनोनयन दर्ता गराएको छ।

  • प्रकाशित मिति : वैशाख ११, २०७९, आइतवार १६:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८