बैशाख ११,२०७९
चितवन – नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेद्वार बनेका विजय सुवेदीले २४ पाने लामो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
आफुले महानगरमा जित्दैगर्दा पाँच वर्षे कार्यकालको लागि ल्याएको महत्वकाक्षी प्रतिबद्धता रेल सञ्चालनदेखि अपूरो रंगशाला निर्माण सम्पन्न गरिने सम्मक प्रतिबद्धताहरु उनले उल्लखे गरेका छन् ।तर लामो समय देखि निर्माण कार्य बन्द भएको र आर्थिक अनियमितताले चुर्लुम्म डुबेको रंगशाला निर्माण त्यति सजिलो निर्माण हुने देखिदैन।
गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण कार्यमा भएको गतिरोध अन्त्य गरी निर्माण सम्पन्न गर्न विशेष अभियान चलाइने र प्रदेश तथा सङ्घीय सरकासँगको सहकार्यमा सम्पन्न गरिने उनको योजना रहेको पाइन्छ ।
भरतपुर–रामपुर–मेघौली तथा भरतपुर–गीतानगर–जगतपुर जस्ता महानगरका मुख्य रुटहरूमा ट्रली बस, ट्राम तथा सहरी रेल प्रणालीको सम्भाब्यता बारे अध्ययन गर्ने र सम्भव देखिएमा क्रमिक रूपमा कार्यान्वयन गर्ने जस्ता कुरालाई उनले प्राथमिकतासाथ प्रतिबद्धता पत्रमा समेटेका छन् ।
लामो समयदेखि समाधन गर्न खोजीएको भरतपुर विमानस्थललाई स्थानान्तरण गर्ने कामलाइ सुवेदीले पनि पहिलो प्राथमिकतामा राखेका छन् तर यतिका वर्ष गिजोलिदै आएको यो समस्या समाधन गर्न भने त्यति सजिलो देखिदैन ।
त्यस्तै उनले नारायणी नदीमा रहेको हालको पुलको विकल्पमा सिग्नेचर पुल निर्माण सम्भाव्यताको अध्ययन गरी नवलपुरसँग जोड्ने गरी थप पुलको व्यवस्था मिलाउन समन्वय गरिने समेत उनको योजना रहेको छ । महानगरको २०७४ सालको निति तथा कार्यक्रममा पनि नारायणीमा तीनवटा पुल निर्माण गर्ने उल्लेख थियो।तर कुनै प्रगति हुन सकेन।
स्वास्थ्य तर्फ सुवेदीले सरकारी अस्पतालको समन्वयमा महानगरबासीहरूको नियमित स्वास्थ्य जाँच गराउने व्यवस्था सम्मको उल्लेख गरिरहँदा यो कति सम्भव या असम्भव भने प्रश्न चिन्ह नगरबासिले गरेका छन।
स्मरण रहोस सुवेदी भरतपुर अस्पतालको पूर्व व्यवस्थापन समितीको अध्यक्ष समेत हुन । विपन्न वा निरपेक्ष गरिब परिवारको पहिचान गरी अभिलेख तयार गरि त्यसका आधारमा परिचय पत्र दिने र गरिबीको रेखामुनिका नागरिकालाई शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, यातयातमा विशषे सहुलियतको प्रबन्ध गरिने सुवेदीको प्रतिबद्धतापत्रमा समेटिएको छ ।
महानगरको काम कारवाहीमा हुने अनियमिता र भ्रष्टाचारमा शुन्य सहनशीलताकोनीति अख्तियार गरिनेछ । महानगरबाट नागरिकलाई हुने सेवा प्रवाहलाई सूचना प्रविधिको प्रयोग लगायतका उपायबाट सहज र सुलभ बनाउने उनले प्रतिबद्धता जनाएका छन् ।
उनले आफ्नो प्रतिबद्धता पत्र पुरा गर्न आम नगरबासीलाइ मतदान गर्न समेत आग्रह गरेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८