• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

आज र भोलि उम्मेद्बारी मनोनयन दर्ता

  • खबरदाता

आज र भोलि उम्मेद्बारी मनोनयन दर्ता

 

बैशाख ११,२०७९

चितवन – यहीँ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेद्बारी मनोनयन दर्ताको लागि समय सिमा तोकेको छ ।

आज बिहान १० बजे देखि अपरान्ह ५ बजे सम्म र भोलि पनि बिहान १० देखि अपरान्ह ५ बजे सम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्बारी दर्ता गर्न सकिने छ।

मनोनयन दर्ता प्रक्रियाको लागि सम्पुर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ। आजबाट सुरु हुने मनोनयनको लागि सबै दलहरुलाइ आलोपालो मिलाएर आउन कार्यालयले अनुरोध गरेको छ। साथै सबैलाइ निर्वाचन सम्बन्धि आचारसंहिता पुर्ण रुपमा पालना गर्न समेत आयोगले अनुरोध गरेको छ।

स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार बिहान १० बजे देखि सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् ।

स्थानिय तहको मतदाता नामावलीमा नाम समाबेश भएको जुन सुकै दलमा आबद्ध भएको अथवा स्वोतन्त्र ब्यक्ति कसैले पनि जुनसुकै पदमा मनोनयन गराउन सक्ने छ।

मनोनयन गर्न इच्छाएको ब्यक्तिले मनोनयन गर्न सम्बन्धित पालिकाका मतदातामध्येबाट एक जना प्रस्ताव र एक जना समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ ।

नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १५०० रुपैयाँ धरौटी राख्नुपर्छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७५० रुपैयाँ मात्र लाग्नेछ ।

कुनै दलबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र चाहिनेछ । कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा राजीनामा दिएको निस्सा आवश्यक पर्नेछ ।

वडा अध्यक्षमा उम्मेदवारी दिन १००० रुपैयाँ शुल्कलाग्नेछ । वडा सदस्यका लागि ५०० रुपैयाँ लाग्नेछ ।

  • प्रकाशित मिति : वैशाख ११, २०७९, आइतवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८