• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

काँग्रेस अझै महानगरकै मेयर र उपमेयरमा अल्झदै, आज ९ बजे छलफल

  • खबरदाता

काँग्रेस अझै महानगरकै मेयर र उपमेयरमा अल्झदै, आज ९ बजे छलफल

 

बैशाख ११,२०७९

 

चितवन – नेपाली काँग्रेसले महानगरमा कसलाइ मेयर र उपमेयर बनाउने अझै सम्म निर्णय गर्न सकेको छैन ।

शनिबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले यस सम्बन्धि कुनै ठोस निर्णय गर्न सकेन। उम्मेदवारहरू टुङ्गो लगाउन बालुवाटारमा बैठक बसेको थियो।

सनिवार सहमति नजुटेपछि आज बिहान ९ पार्टी कार्यालय सानेपामा शीर्ष नेताबीच अनौपचारिक छलफल हुने र ११ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले यसबारे अन्तिम निर्णय लिनेछ जनाइएको छ । नेताहरूबीच सहमति नजुट्दा शुक्रबार बस्ने भनिएको कार्यसम्पादन समिति बैठक शनिबारलाई सारिएको थियो। शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक पछि ३ बजे तय गरिएको थियो । तर महानगरका मेयर उपमेयरबारे शीर्षमा सहमति जुट्न नसकेपछि बैठक आइतबारका लागि सारिएको छ ।

काँग्रेस स्रोतका शुक्रबार काठमाडौँको मेयरको उम्मेदवारका सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णयमा पुग्न सकिएको छैन । सत्ता गठबन्धनभित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ ।

काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिँदै छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिने छ । त्यस्तै काँग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका प्रमुखमा पाएको छ भने जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा उपप्रमुख पाएको छ ।

  • प्रकाशित मिति : वैशाख ११, २०७९, आइतवार ०५:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८