• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनकै पहिलो ‘जम्प एण्ड स्केट पार्क’ खुल्दै

  • खबरदाता

चितवनकै पहिलो ‘जम्प एण्ड स्केट पार्क’ खुल्दै

बैशाख १०,२०७९

 

चितवन । चितवनको नारायणगढमा जम्प एण्ड स्केट पार्क खुल्ने भएको छ ।

नारायणगढस्थित नगरवन क्षेत्रमा बालबालिकादेखि सबै उमेरसमूहका खेलप्रेमीलाई लक्षित गर्दै पार्क संचालन गर्न लागिएको हो । पार्ककको शनिबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । जम्प एण्ड स्केट पार्क प्रालिका अध्यक्ष केशव अधिकारीले पार्कको शिलान्यास गरे । सो क्रममा बोल्दै उनले यस पार्कले चितवनलाई खेलकुद पर्यटनको रुपमा विकास गर्न सघाउ पुर्‍याउने बताए ।

स्वस्थ जीवनका लागि खेलकुद आवश्यक रहेको भन्दै यसले सबै खेलप्रति रुची बढाउने अधिकारीले बताए ।
पार्कमा स्केट, ट्रमपोलिन, मंचटाइम क्याफे, इण्डोर व्याडमिन्टन कोर्ट, आर्चरी, रक क्लाइम्बिङ, ट्रि हाउस, आर्केड गेमलगायत रहने पार्कका प्रवन्ध निर्देशक सुदिप पियाले जानकारी दिए । उनले साहसिक खेल पर्यटनलाई प्रबर्द्धन गर्न पार्कले सहयोगी भूमिका खेल्ने बताए । वृहत साहसिक खेलहरु समेटिएको यो चितवनकै पहिलो पार्क हुनेछ ।

यस पार्कको संचालकमा अध्यक्ष अधिकारी, प्रवन्ध निर्देशक पियासंगै निर्देशकहरु डा।सञ्जिव तिवारी र विनय पौडेल रहेका छन् । चार जना युवा समूह मिलेर यस पार्कको अवधारणा ल्याईएका हुन । ६ महिना अघिदेखिनै अध्यक्ष अधिकारीले पोखरामा स्केटिङ पार्क संचालन गरिरहेका छन् ।

  • प्रकाशित मिति : वैशाख १०, २०७९, शनिवार २०:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८