• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नवलपुर ५ मा गठबन्धनबीच कुरा नमिलेपछि माओवादीले बैठक छाड्यो

  • खबरदाता

नवलपुर ५ मा गठबन्धनबीच कुरा नमिलेपछि माओवादीले बैठक छाड्यो

बैशाख १०,२०७९

कावासोती । नवलपुरको ५ दलिय गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्र वार्ताबाट निस्केको छ । गठबन्धनको मर्म नबुझेकाले काँग्रेससंगको बैठकबाट निस्केको जिल्ला संयोजक तथा वार्ता टोलीका सदस्य धनप्रसाद सापकोटाले जानकारी दिए । काँग्रेस जिल्ला सभापति महेन्द्र ध्वज जि सिले अरूलाई एकरदुई वटा चारो झै छर्केर अरूलाई खासै दिन नखोजेको र आफूहरू एक्लै पनि लड्न सक्ने कुरा बताएपछि माओवादी केन्द्र वार्ताबाट निस्केको हो।

माओवादीलाई आठवटा पालिकामा दुई वटा उपमेयर र जिल्लामा दश वटा भन्दा बढि वडा दिन नसक्ने बताएपछि आफू निस्केको जिल्ला सचिव तथा अर्का वार्ता टोली सदस्य सुष्मा खनालले जनाए । काँग्रेससंग कुरा नमिले पनि चार दलको गठबन्धन भने बाँकी नै रहेको जनाईएको छ । केन्द्रले पाँच दलको गठबन्धन बाहेक अरूसंग गठबन्धन नगर्न भने पनि जिल्लाका विभिन्न पालिकामा आ-आफ्नै तरिकाले तयार रहेको जनाईएको छ । काँग्रेस बाहेकको अरू चार दलको गठबन्धन बसिरहेको छ ।

नेकपा एसका अध्यक्ष सालिकराम भट्टराईले गठबन्धन तोड्ने चाहाना नभए पनि काँग्रेससंगको बैठकमा केही कुरा नमिलेको जानकारी दिए । यस अघि विभिन्न पालिकामा सहमति नजिक पुगे पनि आज बसेको जिल्ला स्तरीय वार्तामा सहमति नमिलेको हो ।

  • प्रकाशित मिति : वैशाख १०, २०७९, शनिवार २०:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८