• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

कांग्रेसले भन्यो- मादीमा एक्लै चुनाव लड्छौं

  • खबरदाता

कांग्रेसले भन्यो- मादीमा एक्लै चुनाव लड्छौं

बैशाख १०,२०७९

कास्कीमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाउने पक्का भैसकेको छ । बाँकी रहेका चार गाउँपालिकाको विभाजनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । सम्भवतः साँझसम्म भागबण्डा मिलाइसक्ने बताइएको छ ।

पार्टीहरूले आफ्नो दाबी नछोडेकै कारण गठबन्धनमा तालमेल बिग्रिएको हो । यहाँका चार मध्ये मादी गाउँपालिकाको प्रमुख माओवादीले मागेको छ । तर कांग्रेस नेताहरूले भने कुनै पनि पालिकाको अध्यक्ष दिन सक्ने अवस्था नरहेको बताएका छन् ।

मादीमा माओवादीको अडान नहटेका कारण कांग्रेसले माओवादीलाई नै गठबन्धनबाट हटाउन खोजेको छ । मादी कांग्रेसले विज्ञप्ति निकालेर माओवादीसँग गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको हो ।

सभापति यामबहादुर गुरुङले प्रतिस्पर्धाको तयारी गर्न अपिल गरेका छन् । गठबन्धनका लागि माओवादीसहित दलहरूको छलफल निष्कर्षमा पुग्न कठिन भएको भन्दै उनले एक्लै चुनाव लड्ने बताएका हुन् ।

  • प्रकाशित मिति : वैशाख १०, २०७९, शनिवार २०:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८