• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

आजबाट एसईई, चितवनका १२ हजार सहित ५ लाख १४ हजार विद्यार्थी सहभागी

  • खबरदाता

आजबाट एसईई, चितवनका १२ हजार सहित ५ लाख १४ हजार विद्यार्थी सहभागी

बैशाख ९,२०७९

 

चितवन – माध्यमिक शिक्षा परीक्षा ९एसईई० आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइईका ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।

बोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । विद्यार्थीहरूले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन् । बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेको छ । एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने छन् । कोभिड(१९ महामारीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो ।

चितवनमा १२ हजार सहभागी ,४२ परिक्षा केन्द्र

शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका अनुसार चितवनमा १२ हजार १५८ विद्यार्थीले एसइई परीक्षा दिँदैछन् ।’ गत वर्ष चितवनमा ११ हजार १८६ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।

यसवर्ष चितवनमा एसइई परीक्षाका लागि ४२ केन्द्र तोकिएको छ । भरतपुर महानगरमा २२, इच्छाकामनामा २, कालिकामा २, खैरहनीमा ४, माडीमा २, राप्तीमा ३ र रत्ननगर नगरपालिकामा ७ वटा केन्द्र तोकिएको छ । विगतका वर्षहरुमा पनि चितवनमा ४२ केन्द्र नै तोकिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । इकाइ प्रमुख सुवेदीले भने, ‘छात्राको तुलनामा यसवर्ष छात्र धेरै छन्, ६ हजार १९६ छात्र र ५ हजार ९६२ छात्रा एसइई परीक्षामा सहभागी हुँदैछन् ।’

  • प्रकाशित मिति : वैशाख ९, २०७९, शुक्रवार ०७:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८