• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

अभिनेत्री केकी अधिकारीले सार्वजनिक गरिन् विवाहको तस्विर

  • खबरदाता

अभिनेत्री केकी अधिकारीले सार्वजनिक गरिन् विवाहको तस्विर

बैशाख ८, २०७९

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छिन् । केकीले व्यबसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् । रोहित र केकीले बिहिबार दिउँसो काठमाडौंको एक होटलमा दुबै तर्फका परिवारका सदस्यबीच हिन्दु परम्पार अनुसार विवाह सम्पन्न गरेका हुन् । श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह–संस्थापक तथा सीइओ हुन् ।

केही समय अघि भेटघाट भएका केकी र रोहित पछिल्लो समय प्रेम सम्बन्धमा थिए । केकीले यो कुरालाई गोप्या राखेकी थिईन् । तथापि उनले विवाह गर्ने भन्ने चर्चा केही दिन यताबाट चल्दै आए पनि दुलाहासँग केकीको मेहेन्दी समारोहको फोटो बुधबार बेलुका सार्वजनिक भएको थियो । बिहिबार विवाह सम्पन्न भएपछि उनले विवाहका केही तस्बिरहरु सार्वजनिक गर्दै आफु र रोहितले नयाँ जीवनको थालनी गरेको बताएकी छिन् ।

विवाहको तीन वटा तस्बिर फेबसुकमा सार्वजनिक गर्दै बिहिबार बेलुका केकीले लेखेकी छिन्,‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार–चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसककंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विश्वस्त छौँ ।’

  • प्रकाशित मिति : वैशाख ९, २०७९, शुक्रवार ०५:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८