• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

कांग्रेस मकवानपुर सभापतिले मागे माफी

  • खबरदाता

कांग्रेस मकवानपुर सभापतिले मागे माफी

बैशाख ८,२०७९

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले यौनिक तथा लैङ्गिक समुदायसंग माफी मागेका छन् ।

उनले मंगलबार कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गर्ने कार्यकर्तालाई गाली गर्दै यौनिक तथा लैङ्गिक समुदायलाई ठेस पुग्ने खालका शब्दहरु बोलेका थिए । उनले आज यौनिक तथा लैङ्गिक समुदायको संस्था फ्रेन्डस हेटौंडाको कार्यालयमा पुगेर माफी मागेका हुन् । सभापति लामाले माफी माग्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सधं सम्मान गर्ने बताए ।

उनले स्थानीय तह निर्वाचनको घोषणापत्रमा समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेट्न अधिकतम् प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे

  • प्रकाशित मिति : वैशाख ८, २०७९, बिहीवार १८:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८