• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भारतीय ट्रकले ठक्कर दिँदा रत्ननगरमा एक बालकको मृत्यु

  • खबरदाता

भारतीय ट्रकले ठक्कर दिँदा रत्ननगरमा एक बालकको मृत्यु

 

बैशाख ७,२०७९

चितवन । चितवनको रत्ननगरमा भारतीय नम्बर प्लेटको ट्रकले साईकललाई ठक्कर दिँदा एक जनाको मृत्युु भएको छ।

रत्ननगर ९ भानुचोकमा पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको बी आर ०६ जी डी ८६७२ नम्बर ईन्डियन ट्रकले विपरीत दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिएको हो ।

ठक्करबाट साईकल पछाडि बस्ने रत्ननगर १० का ६ वर्षका प्रिन्स परियारको मृत्यु भएको छ। साईकल चालक बारा जिल्ला जितपुर ६ घर भई हाल सोही ठाउँ बस्ने १६ वर्षीय सौगात अली घाइते भएका छन् । उनको टाउको, हात, पेट, ढाडमा चोट लागेको छ । अवस्था मध्यम रहेको र पुरानो मेडीकल कलेजमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी नरहरी अधिकारी जानकारी दिएको छ ।

ट्रक चालक भारत जिल्ला बारबंशी कोतवाली नगर पंचायत बंकी ८ घर भएको वर्ष ३० को मोनु कश्यप ईलाका प्रहरी कार्यालय टांडीको नियन्त्रणमा रहेका छन् । ट्रक जिप्रका चितवनको नियन्त्रणमा रहेको, बाटो अबरोध नभएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : वैशाख ७, २०७९, बुधवार १९:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८