• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भागबण्डामा सहमति : भरतपुर माओवादी र पोखरा एकीकृत समाजवादीलाई

  • खबरदाता

भागबण्डामा सहमति : भरतपुर माओवादी र पोखरा एकीकृत समाजवादीलाई

बैशाख ६,२०७९

पाँच दलिय गठबन्धनले महानगरपालिकाको भागबण्डामा सहमति जुटाएको छ।

बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने सहमति भएको बताइएको छ।

जस अन्तर्गत भरतपुर माओवादी र पोखराको मेयर एकीकृत समाजवादीले पाउनेछन ।यस्तै जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।

  • प्रकाशित मिति : वैशाख ६, २०७९, मंगलवार १६:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८